पौष २८
सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट आचरण नभएको बताएका छन् । मंगलबार गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधनका क्रमा नेता नेपालले सो धारणा राखेका हुन् ।
‘केपी ओलीजीले बाटो बिराउनु भएको छ । उहाँमा कम्युनिस्ट आचरण नै छैन’, नेता नेपालले कार्यकर्ता भेलामा भने ।
माधव(प्रचण्ड समूहका अध्यक्ष समेत रहेका नेपालले ओली सही बाटोमा फर्किएर सच्चिन समेत आग्रह गरे । उनले भने, ‘केपी ओलीजीले संविधानमा ठूलो घात गर्नु भएको छ । म उहाँलाई अहिले नै सच्चिन आग्रह गर्छु( प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस् । गल्ती स्वीकार गर्नुस् ।’