सियारी, पौष २८ ।
रुपन्देहीको सियारी गाउँपालिकामा योग आयुर्वेद तथा प्राकृतिक चिकित्साका माध्यमबाट उपचार सेवा सुरु गरिएको छ । वडा नं। ३ स्थित हर्नैयामा रहेको पुरानो गाउँपालिका भवनमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी सो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकावासीहरुको स्वास्थ्य समास्या समाधानका लागि आरोग्य केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि लगायतका समाग्रीहरु गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिने खालका कार्य गर्नु पर्नेमा गाउँपालिका उपाध्यक्ष अमृता गुरुङको भनाई छ ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा। पुस्पराज पौडेलले मानिसहरूको स्वास्थ्य जिवनशैलिमा परिवर्तन गर्नको लागि यस आरोग्य सेवाकेन्द्रको भुमिका महत्वपुर्ण रहने बताउनु भयो ।
नागरिक आरोग्या केन्द्रबाट, आयुर्वेद पद्धतिबाट विरामिको रोग परिक्षण, हाडजोर्नी, नसा सम्बन्धी थेरोपी, जेष्ठ नागरिकलाई विशेष औषधी, योग, आयुर्वेदिक औषधी सेवा, लगाएत प्रदान गरिने छ । लुम्बिनी प्रदेश लुम्बिनी आयुर्वेद चिकित्सालय र सियारी गाउँपालिकाको समन्वयमा सो केन्द्रको संचालन गरिने छ ।