बागलुङमा कोरोनाबाट युवकको मृत्यु

पुस २८,
बागलुङ २०७७ पुस २८ । बागलुङ जिल्लामा कोरोना संक्रमणबाट आज एक जना युवकको निधन भएको छ । नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ लगायत विभिन्न सस्थाहरुमा आवद्ध जैमिनी नगरपालिका जैदीका ३७ वर्षिय युवा प्रकाश पौडेलको आज विहान निधन भएको हो ।

स्वास प्रस्वासमा समस्या देखिएपछी गत पुस २१ गते धौलागिरी अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । पौडेल सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जिल्लामा हाल २० जना उपचारत रहेका छन् ।

You might also like