ज्यान मार्ने उद्योगको मुद्दामा ढोरपाटन नगरपालिका—४ का वडाध्यक्ष पक्राउ

पौष २९
बागलुङ ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले टोलीले वडाध्यक्ष तिलक पुनलाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

अघिल्लो वर्ष कुटपिटको विषयमा पुन विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला अदालत बागलुङमा मुद्दा रहेको र त्यसैको शिलशिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत बागलुङले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

You might also like