१ माघ
नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अब नेकपा एक हुनै नसक्ने जनाएका छन् ।
उनले माउसुली र माउसुलीको चुँडिएको पुच्छरको तुलना गर्दै अब नेकपा एक हुनै नसक्ने जनाएका हुन् ।
उनले पार्टी एकीकरण गर्ने अभियान थालेका वामदेव गौतमतर्फ लक्षित गर्दै यस्तो भनेका हुन् ।
उनले भने, ‘अब पुच्छर जोड्ने अवस्थाबाट हामी अगाडि बढिसक्यौँ, माउसुलीले नयाँ पुच्छर जन्माइहाल्छ । छुट्टिएको पुच्छर एकछिन छटपटिन्छ, तर एकछिन पछि त्यो पनि सकिन्छ ।’
बिहीबार विराटनगरमा युवा संघ मोरङले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रचण्ड–नेपाल समूहले पछिल्ला समय गरेका गतिविधिले मुलुक राजनीतिक विकृत बाटोमा हिँड्ने बताए ।
यस समूहले एकपछि अर्को राजनीतिक दलका नेताहरूलाई आग्रह गर्दै हिँडे पनि अन्य राजनीतिक दलहरूले समेत वास्तविकता बुझ्दै गएपछि उहाँहरूको साथ छाड्दै गएको नेता बस्नेतले दाबी गरे ।