मुलुकले ओलीको भार धेरै बोकिराख्न सक्दैनः अध्यक्ष नेपाल ।।

१ माघ

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोकिराख्न नसक्ने बताउनुभएको छ ।

विभिन्न अध्यादेशदेखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुझाब दिनुभयो । ओलीलाई थप कारबाही गर्नुपर्ने अवस्था आएको पनि नेपालको भनाई छ ।

नेपाल बुद्धिजीवी संगठनले आज गरेको ‘प्रतिनिधिसभा विघटन ः प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले, उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको बताउनुभयो ।

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नरहेको पनि धारणा राख्नुभएको थियो ।

You might also like