गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आज देखी क्रिकेट खेल संचालन

१ माघ
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आज देखी क्रिकेट खेल संचालन भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा न ८ तम्घासमा रहेको पुलचोक युवा क्लबले आज एक कार्यक्रमका विच जिल्लाको चिदिचौर मैदानमा क्रिकेट खेल संचालन गरेको हो ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । खेलमा ४ टिम दर्ता भएका थिए । जसमा आज तम्घास टारटेन र खानीगाउँ हिटस विच पहिलो खेल भएको थियो ।
उक्त खेलमा खानीगाउँ लाई हराउदै तम्घास टाइटेन विजेता भएको पुलचोक युवा क्लबका सहसचिब विनोद के.सीले जानकारी दिनुभयो । दा्रेस्रो खेल रोयल सगरमाथा र इटिफाई मिलन चोक विच भएको थियो जसमा रोयल सगरमाथा लाई हसाउदै इटिफाई मिलन चोक विजेता भएको क्लबका सहसचिब केसीले जानकारी दिनुभयो ।
आज खेलेको टिम तथा खेलाडि भोली पनि खेल्ने छन् । जसको लिगमा वडि नम्बर आउन्छ त्यस टिम प्रथम, हुने क्लबका सहचिब केसीले बताउनुभयो । प्रथम हुने टिमले नगद रु २० हजार शिल मेडल र प्रमाण पत्र पाउने छन् । कार्यक्रम पौष ४ गते समापन हुने छ ।

You might also like