५ माघ
रोटरी क्लव डाउनटाउन बुटबलले गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ५ को बिपि स्मृति प्राबि मानकोट केहुलका सम्पुर्ण बिद्यार्थिहरुलाई न्यानो कपडा,कापी,पेन्सील,इरेजर र पेन्सील कटर लगायतका सामाग्रीहरु बितरण गरेको छ ।
छत्रकोट गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको पहलमा बितरीत उक्त सामाग्रीहरुबाट उक्त बिद्यालयका १०० जना बिद्यार्थिहरु प्रत्यक्ष लाभाम्बीत भएका छन ।
रोटरी क्लब डाउनटाउन बुटवलका अध्यक्ष पंकज ज्ञवालीको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आथित्यता,छत्रकोट ५ का वडाध्यक्ष कृष्ण पन्तको बिशिष्ट आथित्यता रहेको थियो । रोटरी क्लबका राजेन्द्र ढकाल ,पिताम्बर ज्ञवाली, नबिन कक्षपति,बाबुराम बन्जाडे,भिमराज श्रेष्ठ, लगायतको आथित्यता रहेको थियो ।
बिद्यालयका प्रधानाध्यापक कल्पना गौतमको स्वागत मन्तव्यसगै सुरु भएको कार्यक्रमको सन्चालन डिबि पछाईले गर्नुभएको त्यहाबाट प्रतिनिधि कालीदास आत्रेयले खबर पठाउनुभएको छ ।