कृष्ण अन्जान
६ माघ
माघ महिनाको चिसो मौसम तैपनि रिडी बजार झर्ने जो कोहि पनि चुकौनि अचारको खोजिमा यहाँका रेष्टुरेन्टमा डुलेको देखिन्छन ।
रिडी चुकौनि अचारका लागि प्रख्यात ठाउँ तर समयले कोल्टे फेरे सँगै रिडीबजारमा यो परिकार लोपोन्मुख बनेको छ ।
शताव्दियौँ देखि चुकौनि अचार रिडी बजारको ब्रान्ड परिकार हो । कुनै समय थियो रिडी बजार झर्ने हरुले चुकौनि नचाखी फर्के भने रिडी झरेको कुनै अर्थ हुँदैनथ्यो रुरुक्षेत्र ३ का कृष्ण राज ज्ञवालीले भन्नु भयो ।
तर त्यहि रिडीबजारको चुकौनि अचार कुन रेष्टुरेन्टमा छ भनेर खोज्नु पर्ने भएको छ ।
चुकौनि अचार वनाउने दहि कुनै बेला पाल्पाको ख्याहाबाट रिडीबजारमा ल्याइन्थो ।
विहानै दहिका ठेका बोकेर ख्याहाका दहि व्यापारी रिडीबजार झर्थे र यहाँका होटल रेष्टुरेन्ट हरुमा दहि बेचेर दिउस घर फर्किन्थे ।धेरै जसो होटल रेष्टुरेन्टमा ख्याली दहिको ठेक्का थियो । एक दुई दिन बिराएर ख्याली दहि रिडी बजारमा झारिन्थ्यो ।
त्यहि दहिमा आलु नुन खुर्सानी हालेर र तेलमा मेथि बेसार हालेर झानेपछि स्वादिष्ट चुकौनि अचार बन्थ्यो ।
दहिको अमिलो स्वाद सँगै आलु मिसिएको चुकौनि अचारकोले सबैलाई लोभ्याउँथ्यो ।
रिडीबजार का हुगेली साँइलाको पसलमा चुकौनि खाएको पाल्पा मैनादिकि राधा नेपाललाई सम्झना छ ।
लामो इतिहास बोकेको चुकौनि अचार हरेक वर्ष रिडी झर्ने पुराना पारखि हरुको खोजिको विषय वन्छ तर रिडीले नै यो परिकार विर्से जस्तो लाग्छ ।
भर्खर माघे सक्रान्ति मेला सकिएको छ ।यो मेलामा पनि चुकौनि अचार खोज्ने हरु देखिए तर खासै यो अचार कमैका होटल रेष्टुरेन्टमा वन्यो ।
मेला भर्न आउने हरुले चुकौनि अचार नै खोजे रिडीबजारमा रेष्टुरेन्ट गर्ने चाम बहादुर ले भन्नु भयो ।
फेरि रिडीबजारमा आउने हरुले चुकौनि अचार खोजे पछि रिडी बजारका होटल रेष्टुरेन्ट हरुले पनि चुकौनी अचारको व्राण्ड पारखीहरु माझ राख्दै रिडीको पहिचान पनि यहि अचारलाइ वनाउने बताइएको छ ।