६ माघ
मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिका(१४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक डिएसपी प्रमेश विष्टले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का छन्।
इलेक्ट्रिक हिटर सट भएर आगो सुरू भएको भन्ने प्रहरीलाई खबर आएको थियो, डिएसपी विष्टले भने,उनको कोठामा मात्रै आगलागी भएको भन्ने खबर छ।
उनका अनुसार प्रहरीलाई खबर आउँदा नै खड्काको जलेर मृत्यु भइसकेको थियो। महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाउने कार्य गरिरहेको उनले बताए।