माघ ९
नेपाल कम्युनिष्ट पार्टी नेकपाका इस्थायि कमिटि सदस्य एवम् नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीे पुर्वमन्त्री एवम् नेकपाका नेता गोकर्ण बिष्टलाई परेको मातृशोकमा समबेदना दिन उहाको निवास पुग्नुभएको छ ।
गुल्मीको इस्मा गाउपालीका वडा नम्बर ३ मा रहेको उहाको निवासमा पुगि आमाको महिमा अतुलनिय रहेको उल्लेख गर्दै भुमिगतको अवस्थामा र बिभिन्न राजनैतिक घटनाक्रममा पनि स्वर्गिय आमा चिन्ताकला बिष्टले आफुलाई धेरै आशिष दिएको सम्झनुभयो ।
शोकसभा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले स्वर्गिय आमाले पुर्याउनुभएको योगदानको स्मरण गर्दै बर्तमान अवस्थामा एउटै पार्टी भएर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।
बिष्टले श्रद्धान्जली दिन आफ्नो निवासमा पुग्नुभएका सम्पुर्णलाई धन्यावाद व्यक्त गर्नुभएको थियो ।
चिन्ताकला बिष्टको ९० वर्षको उमेरमा पौष २८ गते निधन भएको थियो ।
यस्तै नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुसिकोट नगरपालीका कार्यपालीका सदस्य हरी छन्तेलको घरमा पुगि उहालाई परेको मातृशोकमा समबेदना प्रकट गर्नुभएको छ ।