गुल्मी माघ १०
कालीगण्डकी गाउँ पालिका वाड न ४ बिर्घा गौतम टोल निवासी समाज सेवि तथा धार्मिक ब्यक्तित्व विजय गौतमले स्याङ्जा आलम देबिको मन्दिरको लागि लगभग ४० हजार बराबरको स्टिल्का घ वटा कुर्ची सेट प्रदान गर्नु भएको छ ।
आफू लामो समय देखि वैदेशिक रोजगारमा भए पनि नेपाल आउँदाको समयमा गौतमले स्याङ्जा गुल्मी तथा विभिन्न क्षेत्रमा आफ्ना जिजु बुवा रन्जित ,हजुर बुवा गोपि लाल र स्व बुवा मेदनी लाल सम्झना गर्दै धार्मिक संघ सस्थाहरुमा आफ्नो परिवारहरुले सहयोग गर्दै आइरहेको धर्मपत्नी दिल कुमारी गौतमले बताउनु भयो।
गौतम परिवार सानै देखि धर्म कर्म प्रती निकै आस्थावान भएकोले बुवा आमाको सबै सपना हरु पूरा गर्न हामी दुई छोरा अस्मित र अमृत गौतमले साथ दिइरहेको बताउनु भयो। केही समय पहिला आलम देवि मन्दिरमै ३किलो ५ किलो र ५१ किलो ४०० ग्राम को घण्ट चडाउनु भएको हो ।
यस्तै आफ्नो पुर्खौली घर र्गौतम टोलमा समाजलाई कृया गर्न सजिलो होस भनेर आफ्नै जगा तथा आफ्नै लगानिमा कृयापत्री भवन निर्माण गरेर त्यही को समुदाय लाई हस्तान्तरण गर्नु भएको छ । यस्तै गरि कोरोना को कहर ले मर्माहित बनेको दुखद अवस्थामा कालीगण्डकी गाउँ पालिका मा राहत स्वरुप एक लाख एघार हजार को १,१,१००० राहत सहयोग गर्नु भएको छ आफू धार्मिक मात्र नभइ संगीत क्षेत्रमा रुचि भएका गौतम पछिल्लो समयमा कलाकारको रुपमा चिनिदै आएका छन आफ्नो गित बाट आम्दानी भएको रकम असाय अपांग दुखी गरिब र सहयोग होस भनेर आफ्नो एउटा गित को सम्पुर्ण अधिकार र कमाइ इन्देणी परिवारलाई प्रदान गरेको बताउनु भयो ।
उहाँले रुरु धार्मिक सेवा सन्चार प्राली कार्यलय रुरु धाम रिडी लाई पनि कार्यलयको लागि खाता पाता सुरक्षित राख्न को लागि केही समय पछी १ दराज प्रदान गर्ने बताउनु भएको छ ।