१० माघ
नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव गुल्मी जिल्ला सहित देशभर देखिएको छ । देशभर विहानैबाट
नेकपा बिप्लव समुहले गरेको नेपाल बन्दको प्रभाव गुल्मी जिल्ला सहित देशभर देखिएको छ ।
केन्द्रिय सचिवालय सदस्य कञ्चन ,ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरिएकाले तुरुन्त रिहाइको माग गर्दै विप्लव समुहले आज बन्द आह्वान गरेको थियो ।
बन्दको कारण गुल्मीमा अत्यावश्यक बाहेकका सवारी साधनहरु गुडेका छैनन । यातायातको काउन्टर समेत दिनभरी बन्द रहेको थियो । अप्रीय घटनाहरु हुन नदिनको लागि चोक चोकमा प्रहरी खटाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले जानकारी दिनुभयो ।
अन्य जिल्लाहरुमा जस्तो गुल्मीमा कतैपनि अप्रिय घटनाहरु नभएको प्रमुख पाण्डेले बताउनुभएको छ ।
यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन दिनभर प्रभावित भएको छ ।
बन्द लक्षित गरी बिहानै सन्धिखर्कको चुत्रावेशीमा भेटिएको संकास्पद वस्तु नेपाली सेनाले डिस्पोजल गरेको छ ।
चुत्राबेसी पेट्रोल पम्प लाइनमा एउटा संकासपद वस्तु भेटिएपछि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरीको टिम उक्त स्थानमा पुगेको थियो ।
यस्तै पाल्पामा बन्दको प्रभाव सामान्य देखिएको छ । अरु दिनको तलुनामा लामो तथा छोटो दूरीका गाडी कम चलेका छन् ।
बन्दका कारण जिल्लाबाट बाहिरिने तथा भित्रिने ठूला गाडीहरु भने चलेका छैनन् । तानसेनमा साना गाडी तथा मोटरसाईकलहरु भने निर्वाधरुपमा चलेका छन् ।
शनिबार परेकाले पनि पाल्पाका पसलहरु भने बन्द नै रहेका छन् । जिल्लाका केही स्थानमा छिट्टफुट्ट पसलहरु खुले पनि मानिसहरुको आवगमन नहुँदा व्यापार हुन सकेको छैन । बन्द भनिए पनि बन्दकर्ताहरु सडकमा देखिएका थिएनन् ।
देशका विभिन्न जिल्लामा डर देखाउने उद्देश्यले विष्फोट पदार्थ भेटिए पनि पाल्पामा भने त्यस्तो भेटिएको छैन ।