माघ ११ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा १५ शैयाको आस्पताल भवन सिलान्यास
नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बीच संघीय सरकारको निति अनुरुप यस चन्द्रकोट गाउँपालिकामा १८ करोड ६ लाख २७ हजार लागतमा ९ रोपनी २ आनामा निर्माण हुन् लागेको आवास सहितको अस्पताल भवन शिलान्यास गर्नुभएको थियो । अस्पताल शिलान्यास गर्दै मन्त्रि ज्ञवालीले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने र अब कोहि नागरिक पनि स्वास्थ्य सेवा बात बन्चित हुन् नपर्ने बताउनुभयो । उक्त कार्यक्रममा निस्शुल्क जग्गा उपलब्ध गराउने बिभिन्न द्दछ जना जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा अतिथिहरुमा चन्द्रकोट गाउँपालिकाकि उपाध्यक्ष राधिका अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठ, ससस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक , रास्ट्रिय अनुसन्धान गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक् संजय भण्डारी, जिल्ला समन्वय समितिका सदस्यहरु, पररास्ट्र मन्त्रीका स्वकीय सचिव, राजनीतिक दलका प्रतिनिधिहरु, चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अनन्तपाणी मरसिसिनी, गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, समाजसेवी, बुद्धिजीवि, जग्गादाता, राष्ट्रसेवक कर्मचारीहरु, एवमा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले गर्नु भएको थियो । त्यसैगरी कार्येक्रममा स्वागत मन्तब्य चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले गर्नु भएको थियो भने संचालन गाउँपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखाका प्रमुख शिव ज्ञवालीले गर्नु भएको रोजगार संयोजक यज्ञमुर्ति न्यौपानेले जनाउनुभयो ।