राधा पोख्रेल
, माघ ११ । गुल्मीको मालिका गाउँपालिकाले किशोरीको लागि निशुल्क आइरन चक्की वितरण कार्यक्रमको आजबाट सुरुवात गरेको छ ।.१० वर्ष देखि माथिका १९ वर्ष मुनिका सम्पुर्ण किशोरीहरुलाई निशुल्क रुपमा १३ हप्तासम्म आइरन चक्की खुवाइनेछ ।
मालीका गाउपालीकाका सम्पुर्ण बिद्यालयहरु र समुदाय स्तरमा आइरन चक्की खुवाइनेछ । आइरन चक्की खुवाउने कार्यक्रमको आज अर्जै माध्यमिक विद्यालय बाट सुरुवात गरिएको हो । अर्जै माध्यमिक विद्यालयमा १९८ र रानीपोखरी निमाबिमा ५० जना गरि जम्मा २४८ जनालाई आज आइरन चक्की खुवाइएको छ ।
अर्जैइ स्वास्थ्य चौकी इन्चार्ज खिमराज पोख्रेल, अहेब गोबिन्द अर्याल, अर्जैइ माबिका प्रधानाध्यापक इश्वरी अर्याल, रानीपोखरी निमाबिको प्रधानाध्यापक तुल्सी बिक को सहभागितामा चक्की खुवाइएको गाउपालीकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरिले जानकारी दिनुभयो । आज बाट सुरुवात गरिएको कार्यक्रम अब निरन्तर रुपमा चल्नेछ । १० देखि १९ वर्ष सम्मका किशोरीहरुलाई आइरन चक्की खानबाट नछुट्न गाउपालीकाले अनुरोध गरेको छ ।
नेपालका महिलाहरुमा रक्तअल्पता धेरै हुन र अकालमा ज्यान जाने समस्या देखिएकाले सरकारले यसलाई मध्यनजर गरेर किशोरीहरुलाई आइरन चक्की खुवाउन सुरु गरेको हो ।