१२ माघ,अर्घाखाँची । आज मिति २०७७ साल माघ १२ गते सोमबारको दिन सन्धिखर्क नगरपालिका वडा नं। २ भद्रिखोला आसपास बसोबास गर्दै आईरहेका अति विपन्न वादी समुदायका १० वर्ष मुनिका बालबालिकाहरु र अपाङ्गता भएका व्यक्तिहरुलाई निजहरुको घरमै पुगी प्रमुख जिल्ला अधिकारी श्री विष्णु पौडेल नेतृत्वको टोलीले न्यानो कपडा, ब्लाङ्केट र त्रिपाल उपलव्ध गराएको छ ।
चिसोको कारण जिल्लाका कुनै पनि नागरिकले समस्या भोग्न नपरोस भन्ने उद्देश्य अनुरुप विपन्न नागरिकहरुलाई घरमै पुगी राहत स्वरुप न्यानो कपडा उपलव्ध गराउन थालनी गरिएको हो।
यो कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिईने जानकारी आएको छ।