माघ १५
नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ८८ र पुरुषको संख्या १ सय २५ छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७९१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय १३ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ९६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३ हजार २ सय ३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २० लाख ६० हजार ८६० जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।