माघ १५
श्रृङ्गा जनता मा वि छत्रकोट ४ श्रृङ्गा गुल्मीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अन्तरक्रिया गरिएको छ ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु , अभिभावकहरु ,बिषय शिक्षकहरु , वि ब्य स पदाधिकारीहरु ,शि अ सङ्घका पदाधिकारीहरु लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा एसइइ परीक्षालाई लक्ष्यित गरी छलफल गरिएको हो ।
कार्यक्रममा उठेका जिज्ञासाहरुका विषयमा विषय शिक्षकहरू तथा प्र अ विकासचन्द्र खरेलले प्रकास पार्नुभएको थियो ।
वि ब्य स सदस्य राधिका कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छत्रकोट गा पा वडा नं ४ का वडा सदस्य तथा वि ब्य स सदस्य चुण्ड प्रसाद कँडेलको विशेष आतिथ्यता रहेको थियोे । कार्यक्रमको सहजीकरण कक्षा शिक्षक रमेश पन्थले गर्नुभएको थियो ।