माघ १५
चुरामनी तिमिल्सिना
गुल्मीको सत्यबति गाउँ पालिका वडा न १ हिले सिद्धबाबा ठुला बगर सिद्ध आस्रममा १५६ जना जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको हो । प्रत्येक महिनाको पुर्णिामाको दिन यश मन्दिरमा भजन कृतन कथा प्रबचन तथा सत्सङत हुने स्थानिय धार्मिक अनुरागी बलाराम अधिकारिले बताउनु भयो ।
आज सोस्थनी व्रतको पाबन अबसर पारेर पाल्पा जिल्ला तानसेन नगर पालिका वडा न १४ अर्गली पहेलि पौवा निवासी सामाजसेवि पदम प्रसाद पाण्डे र धर्म पत्नी गृह लक्ष्मी पाण्डेले आफना पिता त्रिलोचन र माता तुल्सादेविको सम्झनामा कार्यक्रम आयोजना गरेको पदमले बताउनु भयो । कार्यक्रममा सत्यवति गाउँ पालिकाका अध्यक्ष पारिस्वर ढकाल प्रमुख अतिथी रहनु भएको थियो।
प्रमुख अतिथी ढकालले धार्मिक सभामा बोल्दै मनुष्यको जन्म लिए पछी एक दिन अबस्य मरिने भन्दै आफूले सन्सार बाट बिदा हुदा कृति लियर जाने बताउनु भयो यस्तै यहाँको पर्यटन बिकासको लागि पालिकाले विभिन्न अभियानहरु पनि अगाडी बडायको बताउनु भयो कार्यक्रममा रुद्रबेनी राममन्दिरका संरक्षक नारायण स्वामी,कोशाध्यक्ष बलराम अधिकारी कुमारी बैक रिडीका कार्यलय प्रमुख भीष्म ज्ञवाली दान दाताहरु, साधु सन्त लगायतको सहभागिता रहेको थियो ।
पाण्डेले यसैको बिकासको लागि बिगतको बर्स२ रोपनी जगा समेत खरिद गरिदिनु भएको छ ।