माघ १६
कृष्ण अन्जान
रुरु
गोठ भरिका बाख्रा अज्ञात रोगले मरेपछि यति बेला रुरुक्षेत्र ३ गौतम टोलका घनस्याम गौतम ठुलो रनमा पर्नु भएको छ ।
करिब १२ वर्ष देखि बाख्रा पालन गरिरहनु भएका गौतमलाई यो वर्ष दैवले यसरी लुट्योकि खोर भरिका बाख्रा मरेर सोत्र्यान भए ।
पुस २८ गते एउटा बाख्रो मर्यो केही भएहोला भन्ने सोँचे तर माघ १ गते छ वटा बाख्रा एकै दिन मरेपछि बाख्रामा अज्ञात सँक्रमण रोग फैलिएको आशँका गरेँ घनस्यान गौतमले भन्नु भयो ।
त्यसपछि क्रमश अरु बाख्रा पनि मरे साह्रै रनमा परेँ गौतमले दुख पोख्नु भयो ।
चारवटा माउ बाख्राको त पेट चिरेर पाठापाठी निकाल्दा यो मुटु फुट्ला जस्तो भयो आँखा भरि आँसु पार्दै गौतमले भन्नुभयो ।
घनस्याम गौतमका लागि यहि बाख्रापालन जिउने आधार थियो छोरा छोरिको शिक्षा दीक्षा र घर खर्च चलाउने आधार यहि थियो ।
१३ वटा बाख्रा मरेपछि रनमा परेका घनस्यामलाइ गाउँमा हिँडन मन पनि लाग्दैन ।
पशुविमा पनि नगरेका कारण ले क्षतिपूर्तिको सँभावना पनि रहेन भने कसैबाट केही राहत पनि नपाएको गुनासो गौतमको छ ।
करिब एकलाख पचास हजारको नोक्सानि भएको छ घनस्यामको ।
स्थानिय तहले पिडामा परेका घनस्याम जस्ता व्यवसायिक बाख्रापालक किसानका लागि राहत सँगै पुनः व्यवसायिक बाख्रापालन तर्फ फर्काउन आवस्यक रहेको रुरुबाट कृष्ण अन्जानले समाचार पठाउनु भएको ।