१९ माघकृष्ण अन्जान
रुरु
बाख्रामा लागेको अज्ञात रोगले रुरुक्षेत्र १ अम्लपाटाका इन्द्र बहादुर ज्ञवालीका बाख्रा मरेका छन ।
पशुपालनबाट रोजि रोटी गर्दै आउनु भएका ज्ञवालीका पाँचवटा पाठा र २ वटा माउबाख्रा अज्ञात रोगले मरेका हुन ।
पहिले एउटा मर्यो र त्यसपछि लगातार भर्खर जन्मेका पाठा सँगै २ वटा माउ बाख्रा मरे खै के दैव लाग्यो जान्नै सकिएन इन्द्र ज्ञवालीका छोरा शिव ज्ञवालीले भन्नु भयो ।
भकाभक बाख्रा मरेपछि यतिवेला खोर शून्य छ करिब ५०हजार नोक्सानि भएको शिब ज्ञवालीको भनाइ छ ।
मुख्यतया पुस र माघ महिनामा रुरुक्षेत्रको १ गौतम टोल र रुरु १ च्यूरेकको अम्लपाटामा बाख्रा मर्ने घटना भएको छ ।
रुरुक्षेत्र गाउँपालिकाका पशु विकास अधिकृत हेमलाल पाण्डेको भनाइमा यो रोग निमोनिया जातको भएको बताउनु हुन्छ ।
चिसोमौसमका कारण बाख्रामा निमोनिया रोग लाग्ने र लक्षणमा ज्वरो आउने रयाल काड्ने काम्ने र आवस्यक उपचार नपाए मर्ने पाण्डेको भनाइ छ ।
यो चिसो मौसममा पनि थानपति र च्यूरेकमा यस्तै रोगले घनस्याम गौतमका एक दर्जन र इन्द्र ज्ञवालीका आधा दर्जन बाख्रा मरेका छन ।
गाउँ पालिकाको पशु शाखाका प्राविधिकको परामर्शमा आफुले बिरामी बाख्रालाइ आौषधि खुवाएको तरपनि बाख्रा बचाउन सकिएन गौतमटोलका घनस्याम गौतमको भनाइ छ ।
यतिबेला रुरुक्षेत्रका सबैजसो वडा हरुमा पशुपालन र अझै त्यसमा पनि बाख्रापालन अत्यधिक रुपमा गरिएकाले आौषधि र खोप सहित पशु सम्बन्धि दक्ष प्राविधिक पठाएर हृरेक वडा हरुमा पशुस्वास्थ जाँचसँगै आौषधि र खोपम व्यवस्था गाउँपालिकाले मिलाउन अत्यावस्यक रहेको छ ।