माघ २०
पवित्र कालीगण्डकीको तट मा पुग्ने तिर्थालुहरुले घाटमा फोहर हुने गरेको गुनासो गरेका छन ।
गुल्मी तर्फको घाटमा यति फोहोरो छ कि, पवित्र कालिगण्डकी नदि भएपनि फोहरका कारण नुहाउन पनि सिकसिक लागेको त्यहाँ पुग्ने तिर्थालुको भनाइ छ ।
बगर भरि लास जलाएका दाउरा अँगार खरानी र लास सँगै ल्याएका कुसेत्राहरु घाटभरि छन ,यसको कुनै व्यवस्थापन भएको छैन । पानीमा फोहर बगेको छ नुहाउन कहाँ हो लास पोल्ने कहाँ हो केही टुँगो छैन । यस अघि यस्तो अव्यवस्थित घाट जानिएको थिएन, रुरुक्षेत्र १ च्यूरेकका गोपाल ज्ञवालीले गुनासो गर्नुभयो ।
पहिले नुहाउने घाट माथि र लास जलाउने घाट तल थियो । घाटक्षेत्र व्यवस्थित पनि हुन्थ्यो तर आजभोलि उल्टो छ लास माथि जलाइन्छ मान्छे ले तल नुहाउँछन, ज्ञवालीले भन्नु भयो ।
पछिल्लो चरणमा बडिघाट खोलामा मात्र ४ क्युवेकसेक पानी कालिगण्डकीको मिसिएर बग्छ । बुर्तिबाँग देखिका तटिय क्षेत्रका बजारको फोहर ढल सबै बडिघाट खोलामा मिसिएर बग्छ र यहि पानी प्रदुषण बोकेर रिडीमा वहाव आइपुग्छ सँगै रिडीको कालिगण्डकी तटको लास पोलेर सलो पखालेको फोहर मिसिँदा पनि विष बनेर बग्छ ।
उता रिडीखोलामा पनि खर्ज्याँग देखिका तटिय क्षेत्रका बजारका ढल मिसाइन्छ र त्यहि ढलको पानी सहितको रिडीखोला काली गण्डकीमा मिसिन्छ र रिडीदेखी तल बग्ने पानीलाई विष भन्दा फरक पर्दैन ।
मुख्यतया रिडीको कालिगण्डकी तट क्षेत्रको प्रदुषण न्युनिकरणका लागि स्थानिय स्तर बाट पहल हुन आवस्यक देखिएको छ । बगर क्षेत्र र तट क्षेत्रको फोहर व्यवस्थापन सँगै नुहाउने र लास जलाउने घाटलाइ छुट्याउन आवस्यक रहेको रुरुबाट सहकर्मी कृष्ण अन्जान ले समाचार पठाउनु भएको छ ।