माघ २०
चुरामणि तिमिल्सिना
लक्ष्मीपुर माध्यमिक बिध्यालय सत्यवति गाउँपालिका वडा नं २ चेमिको अभिभावक भेला सम्पन्न भएको छ।भेलाले प्रधानाध्यापक गुणदेव कुवरको अध्यक्षतामा बिध्यालय व्यावसथापन समितिको नया कार्य समिती गठन गरेको छ। जस्मा जिबकली तरामु टुका परियार,केशवराज पाण्डे, टेक बहादुर कुवर,पदेन सदस्यमा वडा अध्यक्ष दधिराम कुवर रहनु भएको छ यस्तै जिबकली तरामुको अध्यक्षता शिक्षक अभिभावक संघ को गठन गरिएको हो जस्मा तिल बहादुर कुवर, लोकेन्द्र सिन्जली रेखा सुनार सुमित्रा कुवर प्रधानाध्यापक राम प्रसाद पाण्डे सदस्य सचीवमा रहनु भएको हो।
बिध्यालयको आर्थिक गतिविधि पार्दसीता बनाउन तथा चुस्त दुरुस्त राख्नको लागि मान बहादुर कुवर संयोजक रह्नेको समिती निर्माण गरिएको हो ।यस्तै सदस्यहरु कृष्ण कुवर,कुमारी सिन्जाली,सेर बहादुर कुवर,दिल कुमारी कुवर,पुनराम कुवर र पिताम्बर कुवर रहनु भएको छ।
गाउँपालिकाका शिक्षा अधिकृत रोसन घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण शिक्षक शेर बहादुरले गर्नु भएको थियो ।