माघ २२
विवेकशील साझा पार्टीले बन्दको विरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। ’बन्दले देश बन्दैन’ लेखेका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए। ‘नागरिकलाई दुख दिएर लोकतन्त्र बलियो हुँदैन। नेपाल खुल्ला छ’ भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्ना राजनीतिक उपादेयताका लागि कुसंस्कारगत आपराधिक अप्यासको सहारा कहिले नदिने बताए। नागरिकको मौलिक हक अधिकार सुरक्षण तथा सुसंस्कृत राजनीतिक अभ्यासका पक्षमा विवेकशील साझा आम नेपाली सँगै अग्रपङ्क्तिमा उभिने उनको भनाइ छ।