चुरामणि तिमिल्सिना
माघ २३ गुल्मि ।
जनता माध्यमिकबिध्यालय सत्यवति गाउँ पालिका वडा न १ अस्लेवा गुल्मिमा१५ सदस्य बाल क्लब को गठन गरिएको छ । सर्बसम्बत रुपमा सम्भु पाण्डे अध्यक्ष बन्नु भएको हो यस्तै उपाध्यक्षमा शान्ति ढकाल सचिबमा हिरा पाण्डे उपसचीवमा अभिषेक पाण्डे कोषाध्यक्षमा शिक्षा पाण्डे रहनुभएको छ । यस्तै सदस्यहरुमा रुबि पाण्डे , बालिका सोमै ,सुरिचि श्रेष्ठ ,प्रनीश पाण्डे ,रिजन पाण्डे , बिबेक पाण्डे ,सिमा कुवर पुस्पा भण्डारी र सुदिप पाण्डे रहनु भएको छ । यश कार्यकारी समितिका कार्यक्रम तथा कार्ययोजना लाई समाज तथा अभिभावक सम्म संदेश फैलाउन ३ सदस्य समिति बनाइएको जस्मा शिक्षक हरुबाट समियोजकमा सुलचना पाण्डे सह समियोजकमा देवि पाण्डे र सिर्जना पाण्डे रहनु भएको छ । कार्यक्रममा बिध्यालयका सहायक प्रधानाध्यापक चिरञ्जीवी ज्ञवालीले सम्पुर्ण पधाधिकारी हरुलाइ बधाई ज्ञा्पन गर्दै बाल क्लबका गतिविधिले अन्य बिद्यार्थी हरुलाइ थपउर्जा प्रदान गर्ने तथा बिध्यालयको सहकार्यमा विविध कार्यक्रम आयोजना गर्न आग्रह गर्नु भएको थियो ।