माघ २३
।कृष्ण अन्जान
रुरु
बारीमा टम्म आलु प्याज लसुन बन्दा ब्रोकाउलि केही भागमा गहुँ केराउ लागाएका रुरुक्षेत्रका किसान हरुलाइ शुक्रबार विहानै देखि परेको पानीले हर्षित बनाएको छ ।
बिहानै देखि कालो बादल बम्घा र श्रृगाको लेक तिर लागेपछि वर्षा हुने अनुमान गरेका रुरुक्षेत्रका किसान हरुलाइ शुक्रवारको विहानका आकाशे वर्षाले खेतिपातिका लागि सिँचाइको काम गरेको छ ।
बारीमा लगाएको तरकारी पानी नपाएर झिम्रिक्क परेका थिए यहि सिमसिमे पानीले भएपनी भिजायो खेतिपातीलाइ त आकाशको पानी जस्तो त अरु हुँदैन बाबै रुरु १ च्युरेकका पुराना किसान गोपाल ज्ञवाली ले अनुभव सुनाउनु भयो ।
अहिले एकघर एक धारा कार्यक्रमले तरकारी खेतिलाइ सिँचाइ भएपनि आकासको पानी बारिमा लगाएका बोट बिरुवा पोषिलो हुने ज्ञवालीको अनुभव छ ।
भदौको बाँझो मारेर बारीमा तोरि गहुँ छरेका तरकारी लगाएका किसान हरुले कहिले आकाशबाट पानी पर्छ भनेर दिनदिनै जसो आकाश तर्फ हेर्न थालेको पनि ६ महिना बित्न थालेको थियो ।यो पटक पानी नपरिकनै रुरुक्षेत्रका किसान हरुले तोरी स्याहारेका छन तर गहुँलाइ भने आकाशको पानी चाहिएकै बेलामा पानी परेको छ ।
पोहोर साल पानी परेर मिछ्छ्यायो यो पटक पानी नपरेर दिनदिनै आकाश तिर हेर्दा ठिक्क भयो रुरु ३ का कृष्ण राज ज्ञवालीले भन्नु भयो ।
बारिमा गहुँ चना केराउ छ तर बारीमा धुलो उडेको थियो यो पानीले राहत दियो किसान ज्ञवालीको भनाइ छ ।
रुरुक्षेत्रका किसान हरु यो पानी सँगै लहरेखेति तर्फ लाग्न सहयोग हुने रुरु ३ का कृषि प्राविधिक प्रेम पोख्रेलले बताउनु भयो ।
पानी परेकै कारण पोहोर साल रुरुक्षेत्र १ को लिचि किसान हरु का लिचि फलेका थिएनन भने अत्यधिक पानीकै कारण तरकारी खेतिमा असर परेको थियो ।
पोहोर धेरै पानी परेको यो पटक बेलामा पानी नपरेर मर्कामा रहेका रुरुक्षेत्रका किसानहरुलाइ माघको तेस्रो हप्तामा परेको वर्षाले तरकारी आलु र गहुँ खेतिलाइ राहत भएको छ ।