माघ २६
चौबिसे गाउँपालिका–५ बोधेमा आगलागी हुँदा दुई घरमा क्षति पुगेको छ। गाई–भैंसीलाई कुँडो पकाउने क्रममा आगलागी हुँदा आसे सार्कीको दुई तले र कबिरे सार्कीको पनि दुई तले घर जलेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।
आगलागीबाट आसे सार्कीको ५ लाख ८० हजार र कविरे सार्कीको ४ लाख ५१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागी पीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रतिपरिवार १५ हजार रुपैयाँ, चौबिसे गाउँपालिकाले प्रतिपरिवार १५ हजार, एक बोरा चामल र मंगलादेवी मावि जुनियर रेडक्रस सर्कलले प्रतिपरिवार तीन हजार र रेडक्रस सोसाइटी धनकुटाले राहत प्याकेज उपलब्ध गराएको छ।
पीडित परिवारलाई दैवी प्रकोप उद्धार समितिमार्पmत आगलागीपछि घटनास्थलमा पुगेर आर्थिक सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए।