माघ २७
भविस्य निर्माण साना किसान सहकारी संस्था लिमिटेड छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघा गुल्मीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको कार्यालय नजिकै कालीका मन्दिर परिसर गैरिखुट्टामा सम्पन्न साधारण सभामा सहकारीका शेयर सदस्यहरु ,सन्चालक समितिका पदाधिकारी, लगायतको सहभागिता रहेको थियो ।
२०७५ साल बैशाखमा स्थापित यस सहकारी संस्थामा ७ सय १४ शेयर सदस्यहरु रहेका छन ।यस संस्थाको कुल पुजि १ करोड ३४ लाख ५९ हजार ५६ रुपैया १८ पैसा रहेको छ ।
साधारण सभा कार्यक्रममा सस्थाका अध्यक्ष मिना अर्यालको अध्यक्षता, छत्रकोट गाउपालीका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण पन्तको प्रमुख आथित्यता,वडा नम्बर ६ का वडाअध्यक्ष थम्मन ज्ञवाली र कार्यपालीका सदस्य कमला ढकालको बिशिष्ट आथित्यता रहेको थियो ।
मिना ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष मिना अर्यालले प्रगति प्रतिबेदन र लेखा समिति संयोजक लक्ष्मी सोमरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै सेयर सदस्यहरु सिता बगाले, लक्ष्मी अर्याल, सल्लाहकार सदस्यहरु कालीदास आत्रेय ,बिष्णु पौडेल, लोक बहादुर ज्ञवाली, लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम माया पन्थको सन्चालनमा सम्पन्न भएको सहकर्मि कालीदास आत्रेयले खबर पठाउनुभएको छ ।