माघ २९
नेपालमा थप ८१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार २३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८१ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ११ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ११ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ७१८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ०७ हजार ६४९ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।