फाल्गुन १
पाल्पामा दोस्रो चरणमा कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार दोस्रो चरणमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका व्यक्ति, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी, निजमती सेवाका कर्मचारी, जनपथ प्रहरी, ट्राफिक प्रहरी, बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी, अदालत र सरकारी वकिल, जिल्लाका क्रियाशिल पत्रकारहरु लगायतका व्यक्तिहरुलाई खोप प्रदान गर्ने कार्यक्रम रहेको छ ।
नेपाल सरकारको निणर्य अनुसार दोस्रो चरणमा लक्षित व्यक्तिहरुको फागुन २ गते सोमवार देखि ८ गतेसम्म विभिन्न खोप केन्द्रमा खोप संचालन गरिनेछ । स्वास्थ्य कार्यालयका अनुसार पाल्पा अस्पताल, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।
यि अस्पतालहरुबाट ३ हजार ३ सय ४० जनालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले जानकारी दिनुभयो ।
पाल्पामा पहिलो चरणमा २ हजार बढीले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको लागि सम्बन्धित कार्यालयको सिफारिसको साथमा आफ्नो परिचय पत्र लिएर खोपकेन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।