फाल्गुन ३
नेपालमा थप १ सय २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५८१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख २० हजार ५९१ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५पुगेको छ ।