फाल्गुन ३
लुम्बिनी प्रदेश सरकार स्थापना भएको तीन वर्ष पुरा भएको छ । २०७४ सालमा भएको निर्वाचनपछि शंकर पोखरेलको नेतृत्वमा तत्कालिन प्रदेश नम्बर ५ मा प्रदेश सरकारको गठन भएको थियो । पोखरेलले २०७४ साल फागुन ३ गते प्रदेशको पहिलो मुख्यमन्त्रीको रुपमा सपथग्रहण गरेका थिए ।
मुख्यमन्त्री पोखरेलसँगै आन्तरिक मामिला तथा कानून मन्त्रीको रुपमा कुलप्रसाद केशी र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पनि सोही दिन सपथ ग्रहण गरेका थिए । पछि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरि, सामाजिक विकास मन्त्री, सुदर्शन बराल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पनि सपथ ग्रहण गरेका थिए । तीन वर्षको कार्यकाल उपलब्धिमुलक भएको लुम्बिनी प्रदेश सरकारले दावी गरेको छ । तीन वर्षको कार्यकालमा विकाश निर्माणका कामहरुलाई उच्च प्राथमिकतामा राखेर काम गरेको सरकारको दावी छ ।
तीन वर्षको अबधिमा ढिलै भएपनि प्रदेश सरकारले प्रदेशको नाम र स्थाई राजधानीको टुङगो लगाएको छ । २०७७ असोज २० गते प्रदेश सभाबाट पाँच नम्बर प्रदेशको नामाकरण भएपछि लुम्बिनी प्रदेश भएको हो । साथै सोही दिन प्रदेशको राजधानी दाङको देउखुरीलाई तोकिएको छ । प्रदेश सभाबाट इस्थायी राजधानी दाङ तोकिएपछि बुटवलमा रहेका मन्त्रालयहरु पनि सार्ने तयारी भएको छ । त्
गत वर्ष अस्थायी मुकाम बुटवलमा मनाइएको प्रदेश स्थापना दिवस यस वर्ष स्थायी राजधानी तोकिएको स्थान देउखुरीमा मनाइएको छ । प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभुषित गरिएको छ । कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।