फाल्गुन ५
राधा पोख्रल ।
नेपाली जनसम्पर्क समिती इजरायलकि निबर्तमान महामन्त्री उषा भुसाल नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएकी छ्न । हाल नेपाली जनसम्पर्क समिती इजरायल कि सल्लाहकार समेत रहेकी भुसाललाई नेपाली कांग्रेस का सभापति सेर बहादुर देउवा ले केन्द्रिय महिला बिभाग को सदस्यमा मनोनीत गरेका हुन।
लामो समय देखि पार्टीमा आवद्ध रहि परवासमा समेत बसेर नेपाली कांग्रेस लाई योगदान पुराएकोले भुसालको मुल्यांकन गर्दै केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गरिएको जनाइएको छ।
देबदह नगरपालिका ,रुपन्देही कि स्थाइ बासिन्दा भुसालले महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै विभिन्न सन्चार माध्यम मार्फत प्रतिक्रिया दिदै आगामी दिनमा पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन अझ शसक्त रुपमा कृयाशिल रहने प्रतिवद्धता व्यक्त गरेकी छ्न । विभिन्न संघ सस्थामा समेत आबद्ध रहेकी भुसाल सामाजिक कार्यमा पनि क्रियाशिल छ्न।