प्रेम सुनार गुल्मी , फागुन ६ । सरकारले केहि दिन अघि बनाउन सुरु गरेको राष्ट्रिय परिचय पत्रमा दालित समुदायका नागरिकहरुलाई गालीगलौजको भाषा प्रयोग गरिएको भन्दै त्यसलाई नसच्चाएर राष्ट्रिय परिचय पत्र नै बहिष्कार गर्ने यहाँका दालित समुदायले चेतावानी दिएका छन ।
द्यलितहरुका दर्जनौ संगठन मिलेर बनेको दलित साझा मञ्च गुल्मीले आज विहिवार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावानी दिएको हो । दलित समुदायको आत्मासम्मानका लागि बर्षऔ अघि देखि गालीगलौजका रुपमा लिईने जातिय थर परिवर्तनका लागि बर्षऔं देखि दलित समुदाय आन्दोलित छ साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले भने ।
दलित नेता बिश्वकर्मा थप्छन ‘ अहिले आएर सरकारले वितरण गर्ने राष्ट्रिय परिचय पत्र मै बिश्वकर्मालाई कामी , परियारलाई दमाई , नेपालीलाई सार्की , गन्धर्वलाई गाईने र वादी जस्ता शब्द राखेको पाईयो बिश्वकर्माले भने यसले दलित समुदायलाई राज्यले नै ठाडै गाली गरेको छ । ’
२०५१ साल देखि बनेको सरकारले मन्त्रीपरिषदको निर्णय अनुसार दलित समुदायहरुले आफ्नो जाति सुचक सुचक शब्द लेखाउँदा अपमान भएको महशुस गरेको खण्डमा आफ्नो थर गोत्रा अनुसार नागरिकता बनाउन सक्ने छन भनि जिल्ला प्रशासनलाई परिपत्र गरि सकेको छ ।
सोही अनुरुप नागरिकता पनि बन्दै आएका छन तर अहिले राष्ट्रिय परिचयपत्र र जनगणना लगायतका लगायतका बिशेष विवरणमा उल्लेख गर्दा भने त्यही अपमानजनक र गालीगलौज गर्दा समेत प्रयोग हुने कामी दमाई सार्की गाईने वादी जस्ता शब्दवली लेखाउन राज्यको तर्फबाट नै बाध्य पारिएको प्रति आम गुल्मीले दलित समुदायहरुको गम्भीर ध्यान आकर्षण भएको छ ’– प्रेस विज्ञप्तीमा भनिएको छ ।
यसर्थ दलित समुदायलाई प्रयोग गनिे त्यस्ता अपमानजन शब्दहरुको सट्टा ससम्मान प्रयोग हुँदै आएका बिश्वकर्मा , परियार , नेपाली र गन्धर्व शब्द राष्ट्रिय परिचय पत्रको बिबरणमा राखिनु पर्ने दलित साझा मञ्च गुल्मीले माग गरेको छ ।
नेपाल सरकार र सरोकारवाला सबै निकायको यस प्रति ध्यान जाओस भन्दै यदि त्यसो नगरिए राष्ट्रिय परिचय पत्र र जनगणना २०७८ कार्यक्रम समेत दलित समुदायले बहिस्कार गर्ने दलित साझामञ्च गुल्मीले चेतावानी दिएको छ ।
बिज्ञप्तीमा गुल्मीका दलित समुदायका दर्जनौ संघ संस्थाले हस्ताक्षर गरेका छन । गुल्मीका शिक्षक तथा साझा मञ्च गुल्मीका उपाध्यक्ष रोम बिश्वकर्माले भने–‘ मेरो नागरिकतामा बिश्वकर्मा थियो र त्यही भरेर मैले एक कमचारीलाई राष्ट्रिय परिचय पत्र बनाउन गएँ । भित्र कम्युटरमा हेर्छु त जातिगत विवरणमा कामी भनेर भरियो । त्यस रातैभर मलाई निद्रा लागेन ।
केन्द्रका धेरै नेताहरुलाई फोन गरे । जिल्ला स्थित सबै दलित अगुवाहरु संग पनि यो कुरा राखे । त्यस पछि हामी भेला भईयो र त्यो अपमानजनक शब्दावली सरकारले हटाओस भन्ने जोडदार माग गरेका हौ । यस्तो माग देशैभरका दलित समुदायले गर्न जरुरी छ अन्यथा हाम्रो पुस्तौ पुस्ता सम्मको आत्मासम्मानमा ठेस पुग्ने छ ।