, फागुन ६ ।
नेपालमा थप ९६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४२ र पुरुषको संख्या ५४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १११ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ६०३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७१ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।