गुल्मी/फागुन ०७
धुर्कोट गाउँपालिका वडा नम्बर ७ मा अभिवावकबिहिन बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाले बिद्यार्थीलाई स्टेशनरी सामाग्री बितरण गरेको हो । ‘‘भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ’’ भन्ने मुल मन्त्रका उक्त परियोजनाले धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लामा गठित शिवालय महिला उद्यम समुहद्वारा सरस्वती प्रा वि कक्षा २ मा अध्यानरत बाबा आमा बिहिन दुई जना असाहय विद्यार्थिलाई सामुहिक रूपमा स्टेसनरी प्रदान गरेको छ ।
शुक्रबार बिद्यालयको प्रङ्गगंणमा भएको कार्यक्रमा उनिहरुलाई स्टेशनरी सामाग्री अन्र्तगत रू ३० रुपैयाका दरले २३ जना सदस्यद्वारा एक एक दर्जन कापी, ७÷७ वटा पेन्सिल, पाँच वटाको दरले इलेजर र एक एक वटा कटर उपहार प्रदान गरेको सामुदायिक सहजकर्ता राजेन्द्र सुनारले जानकारी दिनुभयो।विद्यार्थिकोे बाबा आमा नभएको हुदा बिद्यालय गई सहज तरिकाले अध्यान गर्नको लागी मनोबल बढोस भन्ने उदेश्यले समुहले उपहार प्रदान गरेको समुहका सहवकर्ता नारायण जिसीले बताउनुभयो । उक्त उपहार प्रदान कार्यक्रममा शिवालय महिला उद्यम समुहकी अध्यक्ष शान्ता घिमिरेको अध्यक्षता उपाध्यक्ष कल्पना नेपालीको स्वागत मन्तव्य, सहयोगी टोली संयोजक संगीता घिमीरेले शुभकामना मन्तव्य राख्नुभएको थियो । समुहकी सचिव पवित्रा बिकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।