गुल्मी ,फागुन १०- गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा आफ्नै बुहारीले ससुराको हत्या गरेको खुलासा भएको छ ।
फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । घटना रहस्यमय देखिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो ।
रुरुक्षेत्र गाउँपालिका ३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्द कुमार ज्ञवालीकोे हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
उनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले नै ससुराको हत्या गरेको खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।अहिले अदालतबाट म्याद थप गरि घटनाबारे थप अनुसन्धान सुरु गरिएको गुल्मीका प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।