फाल्गुन १३
नेपाली कांग्रेसले नेकपा विभाजन नभएको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले नेकपा विभाजन नभएको निष्कर्ष निकालेको सह–महामन्त्री प्रकाशशरण महतले बताए। ‘संसद बैठक बसेपछि कस्तो परिस्थिती सिर्जना हुन्छ। त्यही अनुसार कांग्रेसले निर्णय निकाल्छ’ उनले भने, ‘नेकपा दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको भएपनि तत्कालै कांग्रेस सरकारमा जाँदैन।’ उनले संसदीय दलको नेता केपी शर्मा ओली नै भएको बताए। ‘नेकपा एकै रहन्छ वा अर्को परिस्थिती आउँछ भन्ने कुरा कम्युनिस्ट पार्टीको कुरा हो’ उनले भने, त्यो संसद बैठक बसेपछि टुंगो हुन्छ। कांग्रेसले सरकारमा जाने वा के गर्ने भन्ने बेला आएको छैन।’
उनले नेकपाको दुवै पक्षबाट आएको सत्ता सहकार्यको प्रस्तावको अर्थ नभएको स्पष्ट पारे। सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि नयाँ सरकार गठनका लागि कांग्रेस निर्णायक भूमिकामा छ।