फाल्गुन १३
गुल्मी जिल्ला मुसिकोट नगरपालिका इन्द्रेगौडाको विद्यालयमा शान्ति नेपाली समाज बेलायतबाट लिएको सहयोगबाट बनेको चार कोठे भवन बिहिबार १२ गते उद्घाटन सम्पन्न भएको छ। मुसिकोट न. ५ इन्द्रेगौडा नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा भएको भवन उद्घाटन कार्यक्रममा मुसिकोट नगरप्रमुख सोमनाथ सापकोट, वडा न. ५ का अध्यक्ष भागिरत खरेल, भु.पु. शान्ति नेपाली समाज बेलायतको कार्यसमिती उपाध्यक्ष सीता खराल, भवन अनुगमनमा खटिनु भएका त्रिभुवन मा बि बाग्लुङ खर्बाङ्गका शिक्षक प्रेम प्र. खरेल, र शान्ति नेपाली समाज बेलायतका साधारण सदस्य ध्रुव खरेल,मेघनाथ गैरे, शिव खरेलको उपस्थित रहेको थियो।
मुसिकोट नगरपालिका ५ इन्द्रेगौडामा शान्ति नेपाली समाज बेलायतको सहयोगमा बनेको चार कोठे भवन उद्घाटन गर्न पाउँदा सहयोगी सँस्थालाई स–धन्यवाद दिदै विद्यालयको केही सो देखिने र पठनपाठन सहजीकरण हुने भयो भन्दै प्रमुख अतिथी नगर प्रमुख सोमनाथ सापकोटाले ब्यक्त गर्नुभएको थियो। भवन निर्माण कार्यको लागत २२ लाख ६ सय ५५ रुपैँया शान्ति नेपाली समाज बेलायत सहयोगबाट बनेको नेपाल राष्ट्रिय मा. बी को चारकोठे भवन अन्त्य सुन्दर देखियो उल्लेख गर्नुभयो । आगामी दिनमा पनि सहयोगको आशा राखेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तारानाथ भन्डारीले बताउनुभयो ।