फाल्गुन १४
गुल्मी जिल्लाको चौथो बैठक तथा अर्धवार्षिक समिक्षा कार्यक्रम शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । चौथो बैठक तथा अर्धवार्षिक समिक्षा कार्यक्रममा जिल्लामा भइरहेका विकास निर्माण कामको बारेमा र आगमि योजनाको समिक्षा कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय अधिकारी विजयकुमार कार्कीले जानकारी दिए ।
जिल्लाको समिक्षा कार्यक्रममा विकास निर्माणका आयोजना धेरै संचालन भएको तर पुर्र्ण सम्पन्न नभएको पाइएको छ । सडक डिभिजन कार्यालयको काममा पनि धेरै आयोजना संचालन भएको तर पुर्ण रुपमा काम सम्पन्न नभएको पाइएको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले यस आर्थिक वर्ष ठूला खानेपानी योजना अन्तरर्गत २९ वटा खानेपानी आयोजना सम्पन्न गर्ने उदेश्य राखेको समिक्षामा उल्लेख गरिएको थियो । जसमा ७ हजार जनसङख्या लाभावित हुने छन् । सडक निर्माण कार्य गर्दा पानीका पाइप काट्एिको जसले गर्दा केही समस्या उत्पादन भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण तथा प्ररियोजना कार्यन्वयन इकाइ गुल्मीले मकैको विउँमा जिल्लालाई आत्मा निर्वाह गराएको उल्लेख गरिएको थियो । गुल्मीबाट अन्य जिल्लामा पनि विउँको माग भएको पाइएको थियो । जिल्लामा रहेका विभिन्न कार्यालयका प्रमुखहरुले गरेका कामहरुको बारेमा प्रस्तुत गरेका थिए ।
समिक्षा कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले सडक निर्माण काम गर्दा सम्बन्धीत व्यक्तिले अनुगमनको पाटोलाई फितालो भएको बताएका थिए ।
लुम्बिनी प्रदेशका विशेषअधिकार समितिका सभापति कमलराज श्रेष्ठले प्रदेश सरकारले बनाएका कानुन तथा कार्यविधी नै बाजिएको बताउनुभयो । यस्ता कार्यविधीलाई आफूले सच्याउनका लागि सम्बन्धीत ठाउँमा कुरा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले समिक्षा कार्यक्रममा मात्र जिज्ञास नराखि आवश्यक परे सम्बन्धीत ठाउँमा जहिले पनि जिज्ञास राख्न सकिने बताउनुभयो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले समिक्षा कार्यक्रमले मात्र जिल्लाका समस्या समधान गर्न नसकिने बताउनुभयो । अब छुटै बैठक आवाहन गरी यस्ता समस्याको समधान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विशेषअधिकार समितिका सभापति कमलराज श्रेष्ठ,लुम्बिनी प्रदेशका संसद खङका केसी, गिता थापा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्लाका विभिन्न कार्यालयका प्रमुख, तथा पत्रकारको उपस्थित रहेको थियो ।