फाल्गुण १४,
कालिगण्डकी गुल्मी राष्ट्रिय जनमोर्चा पार्टीको आयोजना वृहत् जनसभा कार्यक्रम समापन भएको छ। नेकपा सरकारको असंवैधानिक कदम विरुद्ध गर्न भनिएको विरोध कार्यक्रम बिचमा नै सम्मानित सर्बोच्च अदालत बाट विघटन भएको संविधान बदर भएपछि कार्यक्रम सर्बोच्चको फैसलालाई स्वागत गर्ने कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा राजमो पार्टी अध्यक्ष क चित्र बहादुर केसि लगायत अखिल मुल प्रबाह एकता समाजका केन्द्रिय सदस्य रामकुमार क्षेत्री लगायत जिल्ला देखि स्थानीय तह सम्मका नेता तथा कार्यकर्ताले नेपाल भन्ने देशको लागि संघीयता कुनैपनी हालतमा नसुहाउने भन्दै खरो मन्तव्य राखेका थिए।भने राजमो केन्द्रिय सदस्य तथा कालिगण्डकी गाउँपालिका उपाध्यक्ष तारा थापाले आफू निश्पक्ष जनताको घर दैलोमा पुगेको र राजमो ले कहिल्यै पनि कुनै प्रलोभनमा पारेर कसैलाई दबाब दिएर पार्टी निर्माण गर्ने पक्षमा नहरेको बटाउनु भयो। क चित्र बहादुर केसिले देशमा अस्थिरता कायम राख्न नेकपा र नेपालि काँग्रेस लागि परेको र देशमा चरम भ्रस्टाचार व्यतिथी अनियमितता रहेको भन्दै यस्को राजमो पार्टीले घोर विरोध गर्ने समेत बटाउनु भएको छ।