फाल्गुन १५
छोरिको जन्मोत्सव मनाउने खर्च अशक्त आमा र टुहुरा भाइलाई सहयोग प्रदान
भनिन्छ “ढुङ्गालाई पुजेर भन्दा गरिबलाई सहयोग दान गर्दा पुन्य मिल्छ।“ धेरैले बुझेको हुदैनन कतिपय ब्यक्ति आफ्नो ब्यक्तिगत खर्चलाई गरिबी, निमुखालाई सहयोग दान दिएर आत्मा सन्तुष्टि तथा ब्यक्तिगत खर्च गरेको महसुस गरेका हुन्छन। त्यस्तै हाल फिनल्यान्डमा रहनुहुने सामाजिक अभियान्ता गणेश भण्डारि र श्रीमती तारा भण्डारीको छोरीको जन्मदिनमा अशक्त परिवारलाई सहयोग गर्नुधएको छ । छोरी वर्षा भण्दारीको जन्मदिनमा मनाउने खर्चबाट एकल महिला आमा र टुहुरा भाइहरु लाई सहयोग गरेका हुन । शिक्षिका पार्वती भन्डारी मार्फत सहयोग रकम प्रदान गरिएको छ ।
गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ धुमीमा बस्दै आएकी एकल महिला आमाको छोरा र बुहारी एक महिनाको अन्तररालमा स्वर्गबास भए पछि दुई भाइ नातीहरुको बिचल्ली भएको थियो। बुहारी पार्बती बिक ट्याक्टर दुर्घटना हुँदा र छोरा गोपल बिक आत्महत्याको करणले दुई छोरा गोबिन र प्रविन साहरा बिहिन भएका थिए। सो दुख र बेदना भिडियो सामग्री मार्फत अमलाबोट अन्लाइन नामक युटुब मार्फत सार्बजनिक भएको थियो। सो दुख बुझेर “जन्मदिन बरु पछि गरौला भोको पेट भर्ने“ भन्दै लाटि आमालाइ सहयोग दिएको कुरा सामाजिक अभियान्ता गणेश भण्डारीले बताउनु भयो।