फाल्गुन १६
जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडाको तलीआगरमा पहिलो पटक जीप पुगेको छ । गाउँपालिकाको केन्द्र लिम्सा हुदै वडा नं १ को तलीआगरमा जीप पुगेको हो । जीप पुगेपछि स्थानीय खुशी भएका छन् ।
अव सजिलै स्थानीयको उत्पादनले बजार पाउने आशा व्यक्त गरेका छन् । बारेकोट गाउँपालिका भित्रको वडा नं ३ बाहेक अरु सबै वडाहरु सडक सञ्जालमा जोडिएको गाउँपालिकाले जनाएको छ ।