गुल्मी, फागुन १५ ।
कृष्ण अन्जान
आलमदेवी स्याङ्जा
विकासको पहिलो पुर्वाधार सडक र यहि सडक पनि पक्कि हुँदै गाउँ छिचोल्न थालेपछि पश्चिम स्याङ्जाको मिर्मी देखि चण्डि भन्ज्याँगको किपट भृगुतुँगेश्वर सम्मका बासिन्दाको खुशिको सिमाय छैन ।
मिर्मी देखि माथि वेइगा ठाँटि भन्ज्याँग हटिया ढकाल चोक सुन्दर वस्ति छिस्ति हुँदै भृगुतुँगेश्वर मन्दिर सम्मको भाग छिचोल्दै मात्र ट्याक खोल्ने काम होइन कि सडकमा प्राइमर बिछ्याएर कालोपत्रे गर्ने काम जोडतोडले हुन थालेपछि विकासको पहिलो पुर्वाधारको रुपमा रहेको पक्कि सडक को उपयोग यो छेत्रका वासिन्दा ले आउने २ महिनामा गर्न पाउने भएका छन ।
अठार किलोमिटर को यो सडकले पोखरा स्याँगजा पर्वत र गुल्मीलाइ नजिक त बनाएको छ नै पर्यटकीय नगरि पोखरालाइ शाह वँशिय राजाको ऐतिहासिक कुलपुजा स्थल आलम देवि सँगै रुरुधामलाइ पनि सडक सर्किटले जोडिदएको र जस्को कारण ले यो क्षेत्रको धार्मीक साँस्कृतिक र ऐतिहासिक स्थलको बहुआयामिक पर्यटन बिकासको सँभावना खोलेको कालिगण्डकी १ चण्डिभन्ज्याँगका शुकदेव ढकालको बुझाइ छ ।
हुनपनि सडक कालोपत्रे भईसकेर कालिगण्डकी नदीमा निर्माणाधिन मोटरेवल पुल बनिसकेपछि पोखरा जान सिधा हुने र पोखराको पर्यटनलाइ आलमदेवि र रुरुक्षेत्रमा पहुँच छोटो हने र सजिलै सडक सर्किटले जोड्ने हुँदा समग्र पश्चिम स्याँगजाका वासिन्दाका लाई सबै कुराले सहज हुने कारिकोटका समाजसेवि नोट बहादुर पाण्डेले बताउनु भयो ।
बाटो त कालोपत्रे कार्य शुरु भयो तर पुल कहिले बन्छ झै गर्छ कहिले रोकिन्छ गरिरहेको छ बाटो बनिसक्यो पुलका पिल्लर ठडाएर छाडिएको छ सम्बन्धित निकायले छिटो पुल बनाउन ठेकेदार कम्पनीलाई दवाव दिनु पर्ने समाज सेवि शुकदेव ढकालले भन्नु भयो ।
यति बेला यो सडक निर्माणको काम सगुन कन्ट्रक्सनले गरि रहेको छ १८ किलोमिटर लम्बाइ को सडक ३ दशमलव ७५ चौडाइ कालोपत्रे गर्ने काम गरिरहेको छ ।
वास्तवमै जन प्रतिनिधिको इच्छाशक्ति भए विकासका पुर्वाधार छिटै र सजिलै गाउँ घरमा पुर्याउन सकिन्छ भन्ने प्रमाण सँघ सरकारकी कृषिमन्त्री समेत रहनु भएकी यो क्षेत्रकी साँसद पद्मा अर्यालले आफु निर्वाचित भएको ३ वर्षमै गरेर देखाएको चर्चा यो क्षेत्रमा हुने गरेको आलम देवी पुगेर हाम्रा सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।