, फागुन १६ ।
नेपालमा थप ७८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ३० र पुरुषको संख्या ४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८२ जना निको भएर घर फर्किएका छन् ।
डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ४०७ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ६२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६८ रहेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।