फागुन १७
कृष्ण अन्जान
रुरु
रुरुक्षेत्र गाउँ पालिका वडा ६ रिमुवाको वडाकार्यालय भवनमा गएराति चोरी भएको छ ।
रुरु ६ का वडाध्यक्ष गिरी बहादुर सिँजालीले दिनु भएको जानकारि अनुसार वडा कार्यालय फोरेर ६५ हजार नगद चोरि भएको वहाँको भनाइ छ ।
वडाकार्यालय सँगै गए राति स्थानिय बासिन्दाको घरमा पनि चोरी भएको छ ।रुरु ६ कै गणेश पौडेलको घरबाट नौ हजार नगद तथा विष्णु पौडेलको घरबाट नगद चालिस हजार र १ तोला बराबरका सुनका गहना चोरी भएको प्रारम्भिक सुचना प्राप्त भएको छ ।
चोरीको घटना राति बाह्र बजेपछि भएको हुनसक्ने तर स्थानिय ले बिहान खवर गरेको वडाध्यक्ष सिँजालीले जानकारी दिनु भयो ।
वडा कार्यालयमा रहेको नगद मात्र चोरी भएपनि अन्य उपकरण हरु चोरी भएको छैन र व्यक्तिको घरमा पनि नगद र सुन मात्रै चोरी भएको ले यो चोरीमा स्थानिय कसैको मिलोमतो हुन सक्ने वडाध्यक्ष सिँजालीले बताउनु भयो ।
घटनाको प्रहरी प्रशासनलाइ जानकारी दिइसकिएको र अनुसन्धान शुरु भएको वडाध्यक्ष गिरी बहादुर सिँजालीलाइ उदृत गर्दै रुरुबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।