फाल्गुन १७
गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–३ भाडगाँउमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
सोहि गाउँमा गत माघ २९ गते रातीदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शब सोहि युवतीको हुनसक्ने प्रहरी र आफन्तीले अनुमान गरेका छन् । स्थानीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शबको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् । युवतीको शव घरनजिकै झण्डै डेढसय मिटर नजिकै बारिको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको (डिएसपी) पाण्डेले बताए ।
शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । शवको पहिचान हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको हुनसक्ने प्रहरीको अनुमान छ ।सम्झनाको माइती पक्ष घटनास्थलमा नपुगेकोले शवको पहिचान भने हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाका