फाल्गुन १९ गुल्मी ।
गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका तीन जुकेनाको जंगलमा अन्दाजी ३७र३८ वर्षका पुरुषको शव फेला परेको हो ।
शवको पहिचान हुनसकेको छैन । पोस्टमार्टमको लागी शव जिल्ला अस्पताल गुल्मी ल्याईएको छ । घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानाकारी दिए ।