अनिल खत्री
१९ फागुन, गुल्मी । गुल्मीमा केपीओली पक्षका राष्ट्रिय युवासंघ जिल्ला कमिटी गुल्मीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रम सम्पन्न भएको छ । शुखी नेपाली, समृद्ध नेपाल, न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काधमा भन्ने नाराका साथ सदरमुकाम तम्घासको बालमन्दिरको सभाहलमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रम गरिएको हो ।
भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला नेता, विभिन्न सगंठन, महिला संघ र राष्ट्रिय युवा संघका जिल्ला सदस्यको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले नेता तथा कार्याकर्ता विचलित भएर बाहिर गएका हुनाले मुल धारमा आउन आग्रह गरे ।
ओली सरकारले युवा लक्षीत कार्याक्रम, सिमा सुरक्षा, नाकावन्दी लगायतमा सिर उचो पार्ने कार्य गरेको उल्लेख गरे । उनले परिवर्तन को सम्बाहक मात्र नभएर कम्युनीष्ट आन्दोलन रक्षा गर्न समेत युवा विद्यार्थीलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी सदस्य बालिसिंह काउछा, राजेन्द्र अर्याल, राष्ट्रिय युवा संघ केन्द्रिय उपाध्यक्ष तिरण गौतम, सचिव, तुलबहादुर अधिकारी, अनेरास्ववियु केन्द्रिय सदस्य काशी पान्डे, नेकपा गुल्मीका सचिव धर्म बिश्वकर्मा लगायतले केपी ओली नेतृत्वको सरकारले मेलम्ची खानेपनी सन्पन्न हुदै गरेको बताउँदै स्वास्थ, कृषिमा उल्लेखनीय काम गरेको, कोभिड १९ को महामारीमा समेत नडग्मगाई उल्लेखनीय कार्य गरेको बताएका थिए ।
राष्ट्रिय युवा संघ गुल्मीको संयोजक मोहन प्रसाद पाण्डेको अध्यक्षता सम्पन्न कार्याक्रममा राष्ट्रिय युवा संघ केन्दिय सदस्य कपुर घिमिरेको घिमिरेको स्वागत मन्त्यव रहेको थियो ।