चुरामणि तिमिल्सिना
१९ फागुन, गुल्मी । गुल्मीको श्रीङगेशवर बहुमुखी क्याम्पसमा शैक्षिक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा बिकास समिति गुल्मीको आयोजना रहेकोकार्यक्रममा सात गाउँ पालिकाका बिध्यालयका प्रधानाध्यापक र बिध्यालय व्यावस्थापन समितिका अध्यक्षहरुको सहभागीता रहेको थियो । जस्मा रुरु ,कार्यक्रममा गुल्मीका सात स्थानिय तहका बिध्यालयका प्रधानाध्यापक को सहभागीता रहेको थियो ।जस्मा रुरु ,छत्रकोट कालीगण्डकी, चन्द्रकोट, सत्यबति, दर्बार ,र रेसुङगा नगरपालिकाको सहभागीता रहेको थियो। शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीको अध्यक्षता रहेको थियो। लुम्बिनी प्रदेश सभाका विशेष अधिकार समितिका सभापति माननिय कमल राज श्रेष्ठ कार्यक्रममा प्रमुख अतिथि रहनु भएको थियो। रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथि रहनु भएको थियो। यस्तै पालिकाका प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरी, मधुकर पाण्डे समेत अतिथि रहनु भएको थियो। रेसुङगा नगरपालिकाका शिक्षा साखा प्रमुख बिष्णु प्रसाद ज्ञवालीको स्वागत मन्तव्य रहेको थियो।सहभागि मध्य बाट महेन्द्र माबि बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष शालिक पन्थि र ज्ञनोदय माबि तुराङका बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष दधिराम अर्याल बक्ताको रुपमा रहनु भएको थियो । सोही कार्यक्रममा माननीय प्ररास्ट मन्त्री प्रदीप ज्ञवालीले भर्चुअल बाट सम्बोधन गर्नु भए को थियो भने कार्यक्रमको सन्चालन शिक्षा बिकास योजना गुल्मीका सचीव रोहित भन्डारिले गर्नु भएको छ ।